पटना ।जनता दल यूनाइटेड (जेडीयू)का नेता नितिश कुमार आज १० औं पटक बिहार राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिन तयारीमा छन्।
भारतीय सञ्चार माध्यमका अनुसार, उनी आजै सानो आकारको नयाँ मन्त्रिमण्डल पनि गठन गर्नेछन्।
नितिश कुमार बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकबाट नेता चयन भएका थिए।
बैठकपछि उनले राज्यपाल आरिफ मोहम्मद खानसँग पनि भेटवार्ता गरेका थिए।
बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह पटनाको गान्धी मैदानमा आयोजना हुने छ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहने बताइएको छ।
समारोहको तयारीका क्रममा केन्द्रीय गृहमन्त्री अमित शाह बुधबार बेलुकी नै पटना पुगेका छन्।