ट्रेन्डिङ

बारा सिमरामा करिब साढे ८ घण्टा कर्फ्यु, कुन – कुन एरियामा आवतजावत बन्द ?

बारा । बारा सिमरा क्षेत्रमा उत्पन्न तनावपछि बारामा आज करिब साढे ८ घण्टाका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले मध्याह्न साढे १२ बजेबाट आज बेलुका ८ बजे सम्म कर्फ्यु आदेस जारी गरेको हो ।

उत्पन्न तनावपछि सुरक्षा संवेदनशीलतालाइ मध्यनजर गरेर कर्फ्यु आदेस जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

यसअघि सिमरा विमानस्थल आसपास र सिमरा चोकमा जीनजी युवातर्फबाट भएको प्रदर्शन तथा राजनीतिक दलबीचको झडपपछि अवस्थासँगै सुरक्षा जोखिम बढेको मूल्यांकन गर्दै प्रशासनले कर्फ्यु लगाएको हो।

कहाँ कहाँ कर्फ्यु ?

जारी सूचनाअनुसार कर्फ्यु आदेश यस क्षेत्रमा लागू हुनेछ—
-गण्डक नहरदेखि पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ५०० मिटर
-सिमरा विमानस्थलको वरिपरि ५०० मिटर क्षेत्र

प्रशासनले भीडभाड, विरोध, जुलुस, सभा, बैठक, धर्ना तथा कुनै पनि प्रकारका गतिविधि तत्कालका लागि पूर्णरूपमा निषेध गरेको छ।

कर्फ्यु अवज्ञा गर्नेविरुद्ध कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत जारी गरिएको छ ।

तनावग्रस्त अवस्था भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ
भने स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै