जनकपुर । कम्युनिस्ट एकीकरणका लागि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (एकता) ले विभिन्न प्रदेशमा आयोजना हुने प्रदेशस्तरीय एकता भेलाको तालिका सार्वजनिक गरेको छ।
पार्टीद्वारा जारी गरिएको प्रेस नोट अनुसार सबै प्रदेशमा क्रमिक रूपमा सभा आयोजना हुने उल्लेख छ।
यसक्रममा मधेस प्रदेशको जनकपुरमा एकता भेला मंसिर २० गते हुने लेखिएको छ।
पार्टीले मधेस प्रदेशलाई विशेष रुपमा महत्व दिएको देखिन्छ, किनकि यहाँको सभा अन्य धेरै प्रदेशसभा भन्दा पछि र विस्तृत तयारीसहित आयोजना गरिने उल्लेख छ्।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालका हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा मङ्सिर २० गते जनकपुरमा हुने मधेस प्रदेशको सभा पार्टी एकीकरण प्रक्रियामा महत्वपूर्ण टर्निङ पोइन्ट हुने उल्लेख छ।
पार्टीका अनुसार निर्धारित मितिअनुसार सबै प्रदेशमा स्थानीय तहसम्मका एकता संरचना व्यवस्थित रूपमा गठन गर्दै लैजाने योजना रहेको छ।
