ट्रेन्डिङ

‘मलाइ र सभामुखलाइ नै सुरक्षा थ्रेट छ’: मुख्यमन्त्री सरोज यादव

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको राजनीतिक वातावरण अत्यन्तै संवेदनशील बन्दै गएको बताउँदै आफू र सभामुख दुवैलाई ‘गम्भीर सुरक्षा थ्रेट’ रहेको खुलासा गरेका छन्।

शनिबार प्रदेशवासीका नाममा गरिएको सम्बोधनमा उनले हालको तनावग्रस्त परिस्थितिका कारण सुरक्षा निकायले विशेष सतर्कता अपनाउन आग्रह गरेको उल्लेख गर्दै, आफूसँगै सभामुखसमेत लक्षित हुन सक्ने जोखिम देखिएको बताए।

मुख्यमन्त्री यादवका अनुसार निरन्तर भइरहेका आन्दोलन, राजनीतिक ध्रुवीकरण र उच्चस्तरीय निर्णयहरूलाई लिएर बढ्दो असन्तुष्टिले नेतृत्व तहप्रति प्रत्यक्ष जोखिम बढाएको छ।
उनी भन्छन, “सुरक्षा निकायकै विश्लेषण अनुसार मुख्यमन्त्री र सभामुख दुवैलाई लक्षित सुरक्षा थ्रेट बढिरहेको छ। कार्यक्रम सीमित गर्न, अत्यावश्यक बाहेक सार्वजनिक उपस्थितिमा सावधानी अपनाउन भनिएको छ।”

यादवले आफूलाई मात्र सुरक्षित राखेर पर्याप्त नहुने बताउँदै प्रदेशका अन्य मन्त्री, सांसद तथा जिम्मेवारीमा रहेका व्यक्तिहरू पनि जोखिम मुक्त नरहेको सुनाए ।

“यदि प्रदेशको मुख्यमन्त्री र सभामुख सुरक्षित छैनन् भने अन्य जनप्रतिनिधि कसरी सुरक्षित हुन्छन् ? सुरक्षा चुनौती आन्दोलनकारीतर्फबाट देखिन्छ, जनताबाट होइन,” यादवको भनाइ छ।

प्रदेशमा हालैका राजनीतिक विवाद, नेतृत्व परिवर्तन, सडक आन्दोलन र सत्ता–प्रतिपक्षबीच बढ्दो तनावसँगै सुरक्षा परिस्थिति थप संवेदनशील बन्दै गएको विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै