ट्रेन्डिङ

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट

जनकपुर । मधेश प्रदेशमा संविधानविपरीत सरकार गठन भएको दाबी गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

रिट निवेदक रक्कीप्रसाद साह र सुजित यादवले संविधानको धारा १६८ को उपधारा (३) का आधारमा गठित मधेश सरकार असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरेका हुन्।

उनीहरूले प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मधेश प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

रिटमा संविधानको धारा १६८ को उपधारा (२) अझै जीवित रहेको अवस्थामा उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको कार्य संविधानविपरीत भएको उल्लेख गरिएको छ।

रिटमार्फत निवेदकहरूले मधेश प्रदेश प्रमुखको कदमलाई तत्काल स्थगन गर्न र संविधानसम्मत प्रक्रियाबाट सरकार गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै