जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छन्।
मुख्यमन्त्री सोनारले आज साँझ प्रदेश प्रमुखलाइ राजीनामा बुझाएका हुन ।
राजीनामा पत्रमा उनले “मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु, पदमा रहँदा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन ।”
उक्त पत्र प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता भइसकेको छ र औपचारिक रूपमा सोनलको कार्यकाल समाप्त भएको छ ।
सत्तारूढ गठबन्धनमा उत्पन्न मतभेदपछि उनले आज राजीनामा बुझाएका हुन्।
