ट्रेन्डिङ

भोलीदेखि खसी बोकाको बिक्री सुरु

काठमाण्डौ। आइतबार अर्थात् भोलीदेखि खसी, बोका तथा च्याङग्रा बिक्री सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलीदेखि खसी, बोका तथा च्याङग्राको बिक्री सुरु गर्ने भएको हो ।

१० रुपैँया छुटसहित दसैँका लागि खसी बोकाको बिक्री खुल्ला गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो । यी खसी बोका भोलिबाट बिक्री गरिने जनाइएको छ ।

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा बेच्ने भएको छ। गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो ।

कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै