ट्रेन्डिङ

विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री सोनलले राजीनामा दिँदै भने-संघीयता समाप्त पार्ने खेल चलिरहेको देखेर मैले राजीनामा दिएँ

जनकपुर । विश्वासको मत पाउने अवस्था नदेखिएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभा बैठकमै पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मतका लागि बोलाइएको बैठकमा उनले सभामुखको सामु राजीनामा घोषणा गरेका हुन ।

मुख्यमन्त्री सोनलले आफ्ना पक्षमा पर्याप्त मत नहुने स्पष्ट भएपछि पदत्याग गर्ने निर्णय गरेको बताउँदै भने, “संघीयतालाई समाप्त पार्ने खेल भइरहेको आभास पाएँ, त्यसैले यस्तो वातावरणमा विश्वासको मत लिने कुनै अर्थ छैन ।”

सोनलका अनुसार सत्ता पक्षका सांसदहरू बैठकको बीचमा बाहिरिने, कोही खाजा खान निस्किने जस्ता क्रियाकलाप हुँदै गर्दा उनले सभामुखलाई आधा घण्टाको समय दिएर वातावरण बनाउन आग्रह गरेका थिए ।

तर, बारम्बार घण्टी बजाइ बैठक अघि बढाइएपछि आफूले राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

राजीनामा घोषणा गर्दै उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै भने, “सत्ता पक्षले प्रदेशसभालाई नियन्त्रणमा लिएर संघीय लोकतान्त्रिक प्रणालीमै आघात पुर्‍याउने प्रयास गरिरहेको छ ।”

विश्वासको मत प्राप्त गर्न असफल हुने निश्चित देखिएपछि आएको सोनलको राजीनामाले मधेस प्रदेशमा पुनः राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै