जनकपुर । मधेस सरकारको सदनको बैठक सुरु भएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलको सरकारलाई विश्वासको मतका लागि राखिएको सदनको बैठक सुरु भएको हो ।
बैठक दिउँसो १ बजेदेखि बस्ने भनिएपनि १ घन्टा ढिलो सुरु भएको हो । पाँच दलको गठबन्धनमा सोनलको नेतृत्वमा सरकार गठन भएपछि आज विश्वासको मत लिन लागिएको हो ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त संवैधानिक व्यवस्था अनुसार सोनल सरकारले विश्वासको मत लिन लागेका हुन ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागिएको हो ।