ट्रेन्डिङ

पर्सा र बारामा सम्पन्न दुइ छुट्टाछुट्टै कार्यक्रममा ५३ पोका रगत संकलन

बीरगन्ज । पर्सा र बारामा सम्पन्न रक्तदान कार्यक्रममा ५३ पोका रगत संकलन भएको छ । छुट्टाछुट्टै स्थान गरी दुइ ठाउँमा सम्पन्न कार्यक्रमबाट ५३ पोका रगत संकलन भएको हो ।

राउण्ड टेबल नेपाल र श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा दुइ छुट्टाछुट्टै कार्यक्रमहरुबाट एक जना महिलासहित ५३ जनाले रक्तदान गरेका थिए ।

राउण्ड टेबलले बीरगन्ज आर्दशनगरस्थित राणीसती अतिथी सदनमा आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा रुपेश राउत कम्कड, राहुल कुशवाहा, सञ्जय बैठा, रविन ढुंगेल, रामहरि रिमाल, दिपेन्द्र लगायतका छन् ।

कार्यक्रममा राउण्ड नेपालका आकास सर्राफ, एनवाइइफ बीरगन्ज च्याप्टर, बीरगन्ज फ्रेन्र्डस राउण्ड टेबलका पदाधिकारी, सदस्य लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी कृष्णा प्रणामी युवा परिषद्ले बाराको जीतपुरसिमरामा आयोजना गरेको कार्यक्रममा एक महिलासहित ३० जनाले रगतदान गरेका छन् । रक्तदान गर्नेहरुमा लालबाबु साह, सिकन्दर सहनी, प्रकाश गौतम, दिपक पौडेल, प्रकश चौधरी, सुरज सहनी, रबिन्द्र सहनी, पुनिल सहनी, अम्बर श्रेष्ठ, सैलेन्द्र चौधरी लगायतका रहेका जनाइएको छ ।\

दुवै कार्यक्रमहरुमा रक्तसञ्चार केन्द्र बीरगन्जका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै