
कलैया । समावेसी न्याय र समृद्ध समाजको दूरदृष्टिका साथ अगाडी बढिरहेको दलित जनजाति उत्थान केन्द्र बाराको २२ औँ बार्षिक साधारणसभा कलैयामा सम्पन्न भएको छ । करण राज पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले संस्थाको सफलताको कामना गर्दै संस्थाको प्रगतिका लागि हातेमालो गरि काम गर्न सहकार्य गर्ने बताएका छन । धर्ती रहेसम्म संस्थाले प्रगति गरोस भनेर कामना पनि गरे । पछिल्लो ५ बर्ष देखि संस्थाले वैदेशिक रोजगारमा गएकाको लागि काम गरेकोमा आफुहरु सन्तुष्ट भएको बताए ।
वैदेशिक रोजगारमा जानेको हकमा काम अझ राम्रोसङ्ग गर्न आफ्नो उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताए । संस्थाका कोषाध्यक्ष हरिसन्कर रामले साधारणसभामा संस्थाको आय ब्यय बिवरण बारे जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष बबिता देवी रामको अध्यक्षतामा भएको कार्यक्रममा सामी हेल्भेटासको कार्यक्रम अधिकृत शिवचरण रौनियार, संस्थाका ओम प्रकाश ठाकुर, कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य निजामुदिन हवारी, कुन्दन कुमार राम, कन्हैया ठाकुर, मनिष कुमार, प्रमशिला राम, उर्मिला कुमारी, सपना ठाकुर, रभावती देवी ठाकुर र सोनी कुमारी लगायतकाको उपस्थिति रहेको थियो ।
संस्थाका रामबाबु सिंहले सन्चालन गरेको कार्यक्रममा स्वागत ओमप्रकाश ठाकुरले गरेका थिए ।