ट्रेन्डिङ

पश्चिमी वायुको प्रभाव : कुनकुन प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले देशका धेरैजसो स्थानमा बदली र वर्षाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

सोही क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ।

त्यस्तै, अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रहरूमा पनि हल्का वर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्य बदली रहने र अन्य स्थानहरूमा आंशिक बदली रहन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा राति पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै