बारा । जिल्ला प्रशासन कार्यालय बारामा आज धर्मेन्द्र कुमार मिश्रले औपचारिक रूपमा कार्यभार ग्रहण गरेका छन्।
मंगलबार बिहानदेखि उनी कार्यभार सम्हालेको जनाइएको छ ।
उनी यसअघि सुनसरीमा कार्यरत थिए र गृह मन्त्रालयले ९ दिनअघि उनको सरुवा गर्ने निर्णय गरेको थियो।
कार्यभार ग्रहणको दिन कार्यालयमा विभिन्न सरोकारवालाहरु र कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
सिडिओ मिश्रले आगामी दिनमा जिल्लामा सुशासन र प्रशासनिक सुधारमा जोड दिने बताए।
उनको कार्यभार ग्रहणले बाराको प्रशासनिक कामकाजमा नयाँ गति आउने अपेक्षा गरिएको छ।