ट्रेन्डिङ

जेनजी आन्दोलनमा फिल्ड इन्चार्ज रहेका प्रहरीलाई उपत्यका नछाड्न निर्देशन

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाहरूमाथि जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।

कार्तिक १६ गते प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा भनिएको छ, बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरूलाई आयोगले सोधपुछका लागि कुनै पनि समयमा बोलाउन सक्ने भएकाले हालका लागि उनीहरूलाई उपत्यका बाहिर नजान व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

आयोगले अहिले आन्दोलनका क्रममा भएका झडप, प्रहरीले प्रयोग गरेको बल र त्यसबाट भएका क्षतिसम्बन्धी घटनाको प्रत्यक्ष प्रमाण सङ्कलन र आवश्यक विवरण लिने कार्यलाई तीव्र बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै