ट्रेन्डिङ

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने गरी कार्य गर्न मधेशका स्वास्थ्य मन्त्री सिंहको निर्देशन

जनकपुर । मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने गरी कार्य निर्देशन दिएका छन् । मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि रहेको मधेश स्वास्थ्य क्षेत्रका विभिन्न इन्डिकेटरमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

धनुषाको सपहीमा आयोजित आर्थिक वर्ष २०८०–८१ को सञ्चालित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य क्षेत्रमा अझ पनि गरिब जनताको पहुँच हुन नसकेको भन्दै मन्त्री सिंहले स्वास्थ्य क्षेत्रका सवालमा गरिब विपन्न परिवारको समेत पहुँच पुग्ने गरी कार्यक्रम तय गरेको जनाए । तसर्थ त्यस्ता कार्यक्रमहरु सशक्त रुपले कार्यान्वयन गर्न उनको निर्देशन छ ।

असोज १२ र १३ को अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानमा परी घाइते भएकाको उपचारमा कुनै कमी नहुन दिन अस्पतालका निर्देशकलाई अनुरोध गरेका छन् ।

साथै सोही बाढी तथा डुबानका कारण अहिले विभिन्न प्रकारका संक्रामक रोगहरुको समेत जोखिम रहेको भन्दै मन्त्री सिंहले त्यस्ता समस्याहरु आउन नदिन पूर्व तयारीमा जुट्न आवश्यक रहेकोमा जोड दिए ।

उनले कर्मचारी सरुवा नियमित प्रक्रिया भएकाले मन्त्रालयले गरेको सरुवाको सहजरुपमा स्वीकार गर्नका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै