बीरगन्ज । बाराबाट प्रहरीले २१ लाख मूल्यका भन्सार छलीका सामान लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा २१ लख १६ हजार ५३३ मूल्य बराबरका भन्सार छलीका सामानसहित पिकअप नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकस्थित एरियाबाट सामानसहितको सवारी पक्राउ गरेको जनाएको छ ।
जीतपुरबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ५९३१ नम्बरको पिकअपबाट बिल बिजकभन्दा बढीका सामान बरामद गरेकोले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले पिकअपबाट राजश्व चोरी गरी ल्याइएका प्लेट र ताँमाका भाडाहरु बरामद गरेको हो । बरामद सामानसहित पिकअप आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।