ट्रेन्डिङ

सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

सप्तरी । छठ पर्व मनाउने क्रममा सप्तरीको् कञ्चनरुप–८ स्थित डिठा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–९ लतवेदही टोलका ५० वर्षीय सुरज राम रहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार राम बिहान करिब ७ बजे छठ पर्वको पूजा गर्नकञ्चनरुप–८ स्थित रहेको डिठा पोखरीमा पुगेका थिए। उनले लुगा फुकालेर पोखरीको डिलमा राखी सूर्य देवता र छठी मातालाई अर्घ्य अर्पण गर्दै पोखरीको बीचतिर पुगेका थिए। सोही क्रममा उनी अचानक डुबेर बेपत्ता भएका थिए।

घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। मृतकका छोराहरूको सहयोगमा करिब आधा घण्टाको खोजीपछि उनको शव पोखरीबाट बाहिर निकालिएको थियो ।

प्रहरीका अनुसार मृतकको शव आफन्तहरूको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै