ट्रेन्डिङ

जेनजी आन्दोलनमा घाइते भएका देउवा थप उपचारका लागि सिंगापुर जाँदै

वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि पत्नी आरजु राणा देउवासहित केही दिनभित्रै सिंगापुर जाने तयारीमा रहेका छन् ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएपछि उनी थप स्वास्थ्योपचारका लागि विदेश जान लागेका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि सिंगापुर जाने तयारी भइरहेको पुष्टि गरे ।

भदौ २४ गते बूढानीलकण्ठमा रहेको देउवा निवासमा प्रदर्शनकारीहरूको समूहले आक्रमण गर्दा सभापति देउवा र उनकी श्रीमती आरजु राणा देउवा घाइते भएका थिए ।

आक्रमणका क्रममा देउवाको गर्धनको पछाडिपट्टि गहिरो चोट लागेको थियो, जहाँ १२ टाँका लगाइएको थियो। सो घटनापछि उनको टाउको दुख्ने र रिँगटा लाग्नेजस्ता समस्याहरू बल्झिएका कारण थप जटिलता नहोस् भनी विशेषज्ञहरूको सल्लाहअनुसार सिंगापुरमा उपचार गराउने तयारी गरिएको बुझिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै