ट्रेन्डिङ

मधेश प्रदेशका ८ मध्ये ७ जिल्लाका ‘सिडिओ’को सरुवा, कुन जिल्लामा को आए ?

वीरगन्ज । गृह मन्त्रालयले आज गरेको सरुवा निर्णयले मधेश प्रदेशका ८ जिल्लामध्ये सप्तरीबाहेक ७ वटै जिल्लाको प्रशासनिक नेतृत्व फेरिएको छ।

प्रदेशको शान्ति सुरक्षा तथा विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारीहरू (प्रजिअ/सिडिओ) मा ठूलो फेरबदल आएको छ।

पर्साका प्रजिअ तोय नारायण सुवेदी दुई महिनाको छोटो अवधिमै अर्घाखाँची जिल्ला सरुवा भएका छन्। उनको स्थानमा दोलखाका प्रजिअ भोला दाहालले पर्साको जिम्मेवारी सम्हाल्ने भएका छन्।

बाराका प्रजिअ प्रकाश पौडेललाई ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षति छानबिन’ गर्ने विशेष जिम्मेवारीसहित गृह मन्त्रालयको अन्तर्गत सरुवा गरिएको छ। उनको ठाउँमा सुनसरीका प्रजिअ धर्मेन्द्र कुमार मिश्र आएका छन्। सर्लाहीका प्रजिअ तुलसी बहादुर श्रेष्ठको सरुवा गोरखा भएको छ भने उनको ठाउँमा गोरखाबाट रामु राज कँडरिया सर्लाही आएका छन्।

सिरहाका प्रजिअ बसन्त अधिकारीको सरुवा मकवानपुर भएको छ, र उनको ठाउँमा बर्दियाबाट सुरेन्द्र पौड्याल सिरहा आउँदैछन्। महोत्तरीका प्रजिअ नारायण प्रसाद रिसालको सरुवा दोलखा भएको छ, भने उनको स्थानमा मोरङका प्रजिअ इन्द्रदेव यादव आएका छन्।

धनुषाका प्रजिअ शंकरहरि आचार्य सहसचिवको रूपमा गृह मन्त्रालय गएका छन्। उनको स्थानमा उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईंटेलले धनुषाको नेतृत्व सम्हाल्नेछन्। यसैगरी, रौतहटमा पनि प्रजिअ बिनोद कुमार खड्कालाई धनकुटा सरुवा गरिएको छ र उनको ठाउँमा सिन्धुलीबाट दिनेश सागर भुसाल आएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै