ट्रेन्डिङ

आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं सुध्रिन तयार, सरकारी वार्ताको स्वागत

वीरगन्ज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले देश छोडेर जान भनिए पनि तयार रहेको बताए। सुध्रिएर देश बनाउने आह्वान २०५७ सालदेखि माओवादी हुँदै एमाले र हाल यहाँसम्म आइपुगेको चर्चा गर्दै प्रसाईंले जानेर वा नजानेर जे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए। उनले ‘रेण्डम टाइपको मान्छे’ भन्दै मूलधारका मिडियाले आफ्नो बारेमा कहिल्यै राम्रो नलेखेको गुनासो पनि गरे।

आन्दोलनको घोषणा र सरकारी आह्वान गत चैत १५ गते तिनकुनेमा भएको महाअभियानको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेर उच्च अदालतको आदेशमा छुटेका प्रसाईंले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन्। तर, गृह मन्त्रालयले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सडक प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुरा राख्न अपील गरेको छ।

सरकारी वार्ताको स्वागत गृहमन्त्री ओमप्रकाश अर्यालले संवादका लागि अपिल गरेपछि प्रसाईंले सरकारी कदमको स्वागत गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेकोमा ‘ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको’ भन्दै सरकारी कदमको स्वागत गरेका हुन्। उनले वार्ता गर्न बोलाउने मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान खोज्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे छलफल गरेपछि गृह मन्त्रालयले सबै राजनीतिक शक्तिहरूलाई सडक प्रदर्शनमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै