ट्रेन्डिङ

दसैँअघि खुल्दैन बीपी राजमार्ग, फसेका एक हजार चालकको उद्दार प्रयास जारी

काठमाण्डौँ । दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

उनका अनुसार सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था छैन ।

शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको जानकारी दिए।

दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने बताए ।

बैठकमा सांसद निशा डाँगीले डाईभर्सन सडक बनाएर बीपी राजमार्ग सञ्चालन गर्न सकिने भनेर विज्ञले भनेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयलाई ध्यानाकर्षण गराइन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै