ट्रेन्डिङ

पूर्वराष्ट्रपति भण्डारीको घर आगजनी प्रकरणमा सोनाम थेबे पक्राउ

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बुढानीलकण्ठस्थित निवासमा आगजनी गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोनाम थेबे रहेका छन्।

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ, भंगालस्थित भण्डारीको घरमा आगजनी भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले थेबेलाई धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

पक्राउ परेका थेबेको राजनीतिक आबद्धतालाई लिएर भने विवाद देखिएको छ। सार्वजनिक वृत्त र सामाजिक सञ्जालमा उनी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रहेको चर्चा चलेको छ। तर, यस चर्चालाई युवा संघ नेपालले खण्डन गरेको छ।

युवा संघका प्रवक्ता निरोज पौडेलले तत्काल विज्ञप्ति जारी गर्दै थेबे आफ्नो संगठनमा आबद्ध नरहेको स्पष्ट पारेका छन्। आगजनीको यो घटना जेनजी आन्दोलनकै क्रममा भएको थियो। पक्राउ परेका थेबेको प्रत्यक्ष संलग्नता देखाउने भनिएको एक भिडिओ पनि सार्वजनिक भएको छ।

उक्त भिडिओ फुटेजमा थेबे, आन्दोलनका चर्चित अभियन्ता रविकिरण हमालसँगै हेल्मेट लगाएर उभिएको देखिएको थियो। प्रहरीले अब उनलाई आगजनीको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै