ट्रेन्डिङ

हात्तीको आक्रमणबाट सर्लाहीका एक जना माउतेको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा एक जना माउतेको ज्यान गएको छ । बिहिबार साँझ निकुञ्जको हात्तीले आक्रमण गर्दा एक जना माउतेको ज्यान गएको हो ।

मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय जग्दु सिंह रहेका छन् । उनलाई पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख डिलबहादुर पुन मगरले बताए ।

उनका अनुसार खोरसोर नजिकको पुल क्रस गरेर जाँदै गरेका जग्दुलाई सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो ।

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको निकुञ्जले जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै