बारा । बाराको पथलैयामा प्रहरीले अबैध रूपमा केराउ ढुवानी गर्दै गरेको एक पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा भन्सार छली गरे ल्याउदै गरेको पिकअप गाडी नियनत्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार बिहान करिब ४ बजेर २० मिनेट जाँदा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया स्थित सडक खण्डमा जाँच गर्ने क्रममा उक्त गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले पचरौता बाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च–२९७१ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्दा बिल भरपाई र भन्सार कागजात नभएको अवस्थामा करिब ३ हजार किलो केराउ बरामद गरेको जनाएको छ ।
बरामद गरिएको केराउको अनुमानित मूल्य रु३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका वस्तु तथा सवारीसाधनलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयपथलैया बारामा बुझाएको जनाएको छ ।