काठमाण्डौँ । देशभरबाट ७ जना डेंगु संक्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार देशभरबाट ७ जना डेंगु संक्रमितको मृत्यु भएको हो ।
इडिसिडीका अनुसार झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ७६ जिल्लाका १४ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको इडिसिडीले जनाएको छ । ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र तनहुँ, पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ ।
कास्कीमा दुई हजार २२१, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६, पर्वतमा एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले बताए ।