ट्रेन्डिङ

वीरगन्जको माइस्थानमा सुन पसलमा राजश्व विभागको ४ घण्टा छापा, बरामद सुनको तौल हुँदै

वीरगन्ज। वीरगन्ज महानगरपालिका–९, माइस्थानस्थित एक सुन पसलमा राजश्व अनुसन्धान विभागले छापामारी गरी ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ। अहिले बरामद सुनको तौल गर्ने कार्य भइरहेको छ।

राजश्व अनुसन्धान विभाग, पथलैयाको टोलीले माइस्थानस्थित अभिषेक सर्राफको सुन पसलमा छापामारी गरेको हो। स्रोतका अनुसार, विभागको टोलीले करिब चार घण्टासम्म लगातार पसलमा छापा मारी आवश्यक कागजात र सुनको जाँच गरेको थियो।

छापामारीबाट बरामद गरिएको सुनको परिमाण हालसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन, तर स्रोतले सुनको तौल कार्य सम्पन्न भएपछि मात्र कति केजी सुन बरामद भयो भन्ने यकिन हुने जनाएको छ।

विभागले राजश्व छली वा अवैध कारोबारको आशङ्कामा पसलमा छापा मारेको बुझिएको छ। सुनको तौल सम्पन्न भएलगत्तै राजश्व अनुसन्धान विभागले यससम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो घटनाले वीरगन्जको सुन बजारमा ठूलो तरङ्ग ल्याएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै