ट्रेन्डिङ

रौतहटमा ऐलानी जग्गा विवादमा दुई समूहबीच झडपमा, एक जनाको मृत्यु

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२ सितलपुरमा जग्गा विवादका कारण दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

आज दिउँसो स्थानीय शंकर साह बनिया र कपिलदेव यादव पक्षबीच ऐलानी जग्गाको विषयमा विवाद तीव्र बन्दै गएपछि लाठी, फोर्सा र बाँस काट्ने खुखुरी प्रयोग गरी हानाहान भएको प्रहरीले जनाएको छ। उक्त झडपमा ६० वर्षीय शंकर साह बनिया गम्भीर घाइते भई उपचारका लागि बारास्थित एल.एस. न्युरो अस्पताल पुर्‍याइएको थियो। तर, उपचारको क्रममा आइतबार दिउँसो करिब १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।

घटनामा कपिलदेव यादवकी श्रीमती ४० वर्षीया मिना देवी घाइते भएकी छन्।प्रहरीका अनुसार घटनामा संलग्न फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका विनोद भनिने हरिदेव यादव, ब्रहमदेव यादव र सुरेश यादव गरी तीन जना हाल फरार रहेका छन्। प्रहरीले उनीहरूलाई खोजी कार्य तीव्र पारेको जनाएको छ।

मृतक शंकर साह बनियाका नाति पप्पु कुमार बनियाले हरिदेव यादवले बाँस काट्ने खुखुरी प्रहार गरी आफ्नो हजुरबुबाको हत्या गरेको आरोप लगाएका छन्।

घटनापछि प्रहरी निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट थप प्रहरी टोली खटाइएको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै