ट्रेन्डिङ

वीरगन्ज-काठमाडौँ रुटको बसबाट १ लाख बढीको ७ पटाका बरामद

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय, बाराले अवैध पटाका बरामद गरेको छ । प्रहरीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एक यात्रुबाहक बसबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाका बरामद गरेको हो।

आज बिहान करिब ११:३० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायव निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-२१, अमलेखगञ्जस्थित चेक प्वाइन्टमा सवारी साधन जाँच गरिरहेको थियो।

​सोही क्रममा वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको ना.६ ख. ६२९३ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा बसको डिकी भित्र लुकाई-छिपाई राखिएको अवस्थामा विभिन्न किसिमका प्रतिबन्धित पटाका फेला परेको थियो।

​बरामद गरिएको अवैध पटाकाको अनुमानित बजार मूल्य १ लाख ७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

​खुला सीमाको फाइदा उठाउँदै चाडपर्वहरू नजिकिँदै गर्दा पटाका लगायतका प्रतिबन्धित वस्तुहरूको तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राखी प्रहरीले सीमा नाका र मुख्य सडक खण्डमा चेकजाँचमा कडाइ गरेको छ। बरामद पटाका तस्करीमा संलग्न व्यक्तिहरू बारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै