ट्रेन्डिङ

सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ, गाँजा छाडेर फरार तस्करमध्ये एकजना नियन्त्रणमा

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई फरक कारबाहीमा लागुऔषध (ब्राउन सुगर)सहित तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति करिब १०ः५० बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त गस्ती टोलीले गोलबजार नगरपालिका–०६ दुर्गा मन्दिरस्थित गोलचक्रबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प. ३०२६ नम्बरको मोटरसाइकलमाथि शंका लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो।

प्रहरीले प्लाष्टिकबाहेक १५ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका–०७ का २९ वर्षीय सुनिल साह र सोही मोटरसाइकलमा सवार धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय बिष्णुदेव यादव रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, शनिबार नै राति ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७ पटेर्वा गाउँभन्दा करिब ३०० मिटर दक्षिण धान खेतको बाटो हुँदै भारततर्फ लागुऔषध गाँजा बोकेर लैजाँदै गरेका तस्करहरूलाई पिछा गर्‍यो।

प्रहरी टोलीलाई देख्नासाथ तस्करहरू टाउकोमा बोकेको प्लाष्टिकसहित ६४.९ किलोग्राम गाँजा फालेर भागेका थिए। भाग्ने क्रममा प्रहरीले भारत, बिहार, मधुबनी, थाना जयनगर बेलहीका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिएको छ। बरामद गाँजा र पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई अनुसन्धान भइरहेको र फरार भएका अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै