ट्रेन्डिङ

किरन केसीलाई मन्त्री बनाउन जेनजी घाइते मण्डलको माग

वीरगन्ज। जेनजी आन्दोलनका घाइतेहरूले युवा नेता किरन केसीलाई शुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रीमण्डलमा तत्काल समावेश गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई औपचारिक पत्र बुझाएका छन् ।

आन्दोलनमा आफ्नो त्याग र बलिदानको सम्मानका लागि युवा नेतृत्वलाई प्रतिनिधित्व गराउनुपर्ने उनीहरूको भनाइ छ।​२०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो पहिचान बनाएका केसी भ्रष्टाचारविरुद्धको अडान र युवा सशक्तिकरणका पक्षधरका रूपमा चिनिन्छन् ।

घाइतेहरूले उठाएको यो मागलाई स्वतन्त्र नागरिक समाज नेपालले समेत बलियो समर्थन गरेको छ । नागरिक समाजले आन्दोलनको मर्म र भावनालाई बेवास्ता गर्नु भनेको यसको मूल्यको अपमान गर्नु सरह हुने चेतावनी दिएको छ ।

​यद्यपि, शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जनजाति, दलित र महिला लगायतका समुदायका प्रतिनिधिलाई समेटेको छ । तैपनि, युवा नेतृत्वको अभाव रहेको भन्दै सरकारको आलोचना भइरहेको सन्दर्भमा किरन केसीलाई मन्त्री बनाउने मागले अन्तरिम सरकारमाथि थप दबाब सिर्जना गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै