ट्रेन्डिङ

पर्साको अमरपट्टीबाट ५ किलो गाँजासहित दुई जना पक्राउ

वीरगन्ज । पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले आज दिउँसो ३ः२० बजे ५ किलोग्राम गाँजा बरामद गरेको हो। नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूले शरीरभित्र र मोटरसाइकलको सिटमुनि गाँजा लुकाएका थिए।

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ बस्ने करिब २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ बस्ने करिब १९ वर्षीय गौत्तम पटेल रहेका छन्।

उनीहरूको साथबाट गाँजासहित मोटरसाइकल, मोबाइल, घडी र नगद २२० रुपैयाँ पनि बरामद भएको छ। दुवैलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै