ट्रेन्डिङ

शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा रौतहटका प्रधानाध्यापक र बिचौलिया वीरगन्जबाट पक्राउ

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख पचास हजार रुपैयाँ घुस लिएको अभियोगमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानुलाई पक्राउ गरेको छ।

अख्तियारको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा खुलाइएको शिक्षक आवश्यकतासम्बन्धी विज्ञापनका लागि विधिपूर्वक दिइएको दरखास्तको प्रक्रिया अगाडि बढाउने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। उनले बिचौलियामार्फत चार लाख पचास हजार रुपैयाँ घुसबापत माग गरेका थिए, जुन रकम सेवाग्राहीले बिचौलिया कानुलाई बुझाएका थिए।

उनीहरू दुवै जनालाई पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, अहिले उनीहरू दुवैमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै