ट्रेन्डिङ

सुरक्षा जोखिम देखाउँदै एमाले युवा संघको र्‍यालीमा रोक

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ।

युवा संघले भोली शनिबार राजधानीमा र्‍याली आयोजना गर्ने घोषणा गरेपछि प्रशासनले यस्तो निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा सङ्गठनलाई हाल र्‍याली, जुलुश वा सभाजस्ता कार्यक्रम गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन् ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने गरी सूचना जारी गरेका थिए।

प्रशासन कार्यालयले युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता उत्पन्न हुनेछ।’

प्रशासनले आफ्नो निर्णयबारे थप उल्लेख गर्दै भनेको छ, ‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै