ट्रेन्डिङ

देशले इतिहासकै सबैभन्दा ठूलो वैदेशिक दबाब महसुस गरिरहेको छ : प्रचण्ड

वीरगन्ज । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले अहिले इतिहासकै सबैभन्दा ठूलो वैदेशिक दबाब र हस्तक्षेपको महसुस गरिरहेको बताएका छन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै प्रचण्डले अहिले देश निकै अप्ठ्यारो अवस्थामा रहेको जिकिर गरे । उनले विगतलाई स्मरण गर्दै भने, ‘सबै राजनीतिक दल, नागरिक समाज र प्रेस जगत् हिजो राजनीतिक परिवर्तनका लागि एक भएका थियौँ। त्यसैबाट हामी संविधान सभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रक्रियामा आइपुग्यौँ।’

वर्तमान चुनौतीलाई सामना गर्नका लागि उनले सबैलाई फेरि एक हुन आह्वान गरेका छन् । प्रचण्डले देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि गम्भीर विचार विमर्शसहित सबै पक्षहरू एक ठाउँमा आउनु अत्यावश्यक भएकोमा जोड दिए ।

उनले विगतका गतिविधिहरूको समीक्षा गरी आगामी बाटोको विषयमा बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा विशेष जोड दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै