ट्रेन्डिङ

सुन आयातको कोटा बढ्यो, अब दैनिक २५ किलो सुन भित्रिने

वीरगन्ज । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्न पाउने परिमाण बढाएको छ। अब दैनिक २५ किलोग्राम सुन आयात गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरूले दैनिक २० किलोग्राम सुन आयात गर्न पाउँथे। राष्ट्र बैंकले शुक्रवार एक परिपत्र जारी गर्दै सुन आयातको कोटामा वृद्धि गरेको हो।

राष्ट्र बैंकको संशोधित व्यवस्थामा भनिएको छ, ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ।’

चाडपर्वको मागलाई धान्न तथा बजारमा सुनको आपूर्ति सहज बनाउनका लागि राष्ट्र बैंकले दैनिक आयात कोटामा पाँच किलोग्रामले वृद्धि गरेको हो। यो नयाँ व्यवस्था आजैबाट लागु भएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै