ट्रेन्डिङ

सुनको भाउमा ४,२०० रुपैयाँको गिरावट, चाँदी भने सामान्य बढ्यो

वीरगन्ज । हालै ऐतिहासिक उच्च मूल्य कायम गरेको सुनको भाउ शुक्रवार ठूलो अन्तरले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४,२०० रुपैयाँले घटेको हो। यससँगै शुक्रवार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको भाउ प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको तीव्र गिरावटको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेको सुनको भाउ आज ४ हजार डलरभन्दा तल झरेको छ।

यसैबीच, चाँदीको भाउ भने तोलामा सामान्य वृद्धि भएको छ। शुक्रवार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको मूल्य ३ हजार २५ रुपैयाँको तुलनामा ६० रुपैयाँले बढेको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै