ट्रेन्डिङ

बिपिन जोशीको भिडियो सार्वजनिक, के भन्छन् परिवार ?

काठमाडौं । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेका छन् ।

बुधबार सार्वजनिक गरिएको भिडियोबाट जोशी परिवारले पनि विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ । ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारले भनेको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएको छैन ।

बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् । तर यो भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । गाढा नीलो कपडा लगाएको उनको यो भिडियो पुरानो हुन सक्ने अनुमान छ ।

विपिनका परिवारका सदस्यहरुले पनि भिडियो सार्वजनिक गर्नुभन्दा अगाडि आफूहरुलाई देखाएको तर अहिले सार्वजनिक भए पनि त्यसभन्दा बढी केही थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै