ट्रेन्डिङ

मधेश विश्वविद्यालयका विद्यार्थीलाई पर्साका एसपीबाट अनुशिक्षण

वीरगन्ज । मधेश विश्वविद्यालय, वीरगन्जमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय पर्साले E-governance (इलेक्ट्रोनिक सुशासन) र  Digital Transformation (डिजिटल रूपान्तरण_ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ।

आज बिहान करिब ११ः३० बजेको समयमा मधेश विश्वविद्यालयको कानून तथा जनप्रशासन संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र–छात्राहरूका लागि यो अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले विद्यार्थीहरूलाई वर्तमान समयमा प्रशासन र कानून कार्यान्वयनमा प्रविधिको भूमिकाबारे विस्तृत जानकारी गराएका थिए। उनले विशेष गरी सरकारी सेवा प्रवाहलाई कसरी डिजिटल माध्यमबाट प्रभावकारी बनाउन सकिन्छ र यसले सुशासन कायम गर्न कस्तो सहयोग गर्छ भन्ने विषयमा अनुशिक्षण दिएका थिए।

अनुशिक्षणसँगै विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साका विभिन्न शाखाहरूको अवलोकन गराइएको थियो। यसबाट विद्यार्थीहरूले प्रहरीको आन्तरिक कार्यशैली र डिजिटल प्रविधिको प्रयोग नजिकबाट बुझ्ने अवसर पाएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै