वीरगन्ज । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने नागरिकहरूको सुविधाका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ।
यस व्यवस्था अन्तर्गत, इच्छुक व्यक्तिहरूले फारम अनलाइनमार्फत भरेर आफूलाई पायक पर्ने जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक विवरण दिन सक्नेछन्।
आयोगद्वारा जारी सूचनामा भनिएको छ, ‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि जततउकस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउर बाट अनलाइन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ।’
यो सेवा काठमाडौं उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालयहरू काठमाडौं (मिनभवनं, ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर)बाट समेत लिन सकिने आयोगले जनाएको छ।
नागरिकहरूलाई सुविधा दिनका लागि सुरु गरिएको यो अनलाइन प्रणालीले लामो लाइनमा बस्नुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ।
