ट्रेन्डिङ

क्षति बेहोरेको चौधरी ग्रुपद्वारा जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने घोषणा

वीरगन्ज । व्यावसायिक घराना चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनमा ‘छ दर्जन बढीले सहादत’ प्राप्त गरेको उल्लेख गर्दै सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्।

प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिने छौं, पुनर्निर्माण गर्ने छौं, आशा, सहानुभूति र सम्मान सहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौं।’

रोजगारी प्रक्रियाका लागि सीजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको र यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने जानकारी पनि उनले दिएका छन्।

जेनजी आन्दोलनकारीबाट ठूलो क्षति बेहोरेको भए पनि सीजीले यो मानवीय कदम चालेको हो। समूहका अनुसार, आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै