जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ।
आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक नेताले बताए ।
यसअघि असोज ८ गते नेपाली कांग्रेसले पनि सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसपछि सरकार अल्पमतमा परेको थियो। यद्यपि, मुख्यमन्त्री सिंह राजीनामा दिन तयार देखिएका थिएनन्। स्रोतका अनुसार मुख्यमन्त्रीले आजै राजीनामा दिने आश्वासन एमालेलाई दिएका थिए। तर, उनले राजीनामा नदिई आगामी असोज २८ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका कारण एमालेले समर्थन फिर्ता लिएको हो।
यसअघि भदौ २८ गते मुख्यमन्त्री सिंहकै पार्टी जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। स्रोतका अनुसार आज भोली मै मुख्यमन्त्री सिंहले राजीनामा गर्न सक्छन् ।