ट्रेन्डिङ

सुनको भाउ प्रतितोला २६०० रुपैयाँले बढेर २ लाख ३८ हजारमा कारोवार

वीरगन्ज । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २,६०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

दशैंयता मात्रै सुनको मूल्यमा ठूलो उछाल आएको छ । यो अवधिमा तोलामा करिब १५ हजार रुपैयाँको वृद्धि भएको छ। दशैंअघि, असोज १२ गते, सुनको भाउ २ लाख २३ हजार २०० थियो।

विश्वव्यापी रूपमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार डलर नाघेर ४ हजार २५ डलर पुगेको छ।

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला २,९५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन २,९६० रुपैयाँ थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै