ट्रेन्डिङ

एमाले नेता महेश बस्नेतले साइबर ब्यूरोमा दिए डेढ घण्टा बयान

वीरगन्ज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले साइबर अपराधको कसुरमा प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा बयान दिएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनपछि बयानका लागि बोलाइएका बस्नेतले बुधबार बिहान ब्यूरोमा उपस्थित भएर डेढ घण्टासम्म लिखित बयान दिएका हुन्।

ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम सम्पन्न भएको छ र बस्नेत बयान दिएर फर्किएका छन्।

ब्यूरो स्रोतका अनुसार बस्नेतलाई सरकारी वकिल कार्यालयले नै पठाएका प्रश्नहरूमा उनले लिखित जवाफ दिएका छन्, तर ती प्रश्नमा उनको बयान इन्कारी रहेको बुझिएको छ।

सरकारी वकिल कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि तीनवटा ‘टास्क’ दिएकोमा बयान लिने काम पूरा भएको र बाँकी दुई काम सकिएपछि प्रतिवेदन पेश गरिने ब्यूरो स्रोतले जनाएको छ।

नेता बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्। अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिल कार्यालयले नै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो, सोही निर्देशनअनुसार ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै