वीरगन्ज । पर्साको पोखरिया–लंगडी सडकखण्ड अन्तर्गत पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धोबिनी गाँउपालिका वडा नम्बर ५, भीखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सोमबार राति करिब १०ः३० बजेतिर मधेश प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक कुर्मी गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो हस्पिटल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
परिवारजनले दिएको जानकारीअनुसार कुर्मी साथीको मोटरसाइकल मागेर पेट्रोल लिन पोखरिया बजार आउने क्रममा दुर्घटनामा परेका थिए।