ट्रेन्डिङ

घोषित मितिमै निर्वाचन हुनुपर्छ : प्रचण्ड

वीरगन्ज । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको पक्षमा अनुकूल वातावरण बनाउन आफ्नो पार्टीले सबै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए।

प्रचण्डले स्पष्ट शब्दमा भने, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। हामी सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्नेमा छौँ। हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ।’

उनले निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको र त्यसको परिणाम केही समयपछि सार्वजनिक हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै