ट्रेन्डिङ

सर्लाहीको छपकैया बस्तीमा लखन्देही खोलाको बाढी, डुबानमा परेकाको उद्धार गर्दै सुरक्षाकर्मी

सर्लाही । लगातारको अविरल वर्षाका कारण लखन्देही खोलामा आएको बाढीले बाँध कटान गरेपछि सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ५, छपकैया लगायतका बस्तीहरू गम्भीर डुबानमा परेका छन् ।

लखन्देही खोलाको पानी बस्तीतर्फ सोझिएपछि छपकैयामा दर्जनौं घरहरूभित्र पानी पसेको र स्थानीय बासिन्दाहरू विस्थापित भएका छन् । बस्तीका सडकहरू जलमग्न भएका छन् भने पानीको सतह कम्मरसम्म पुगेको छ ।

डुबानबाट प्रभावित भएका परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरू सक्रिय भएका छन् । लखन्देही खोलामा पानीको बहाव उच्च रहेकाले बाँध कटानको जोखिम अझै बढ्न सक्ने भन्दै प्रशासनले नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै