ट्रेन्डिङ

पर्सामा बाढीले दुई प्रहरी पोष्ट डुबानमा, लत्ताकपडा र हतियार सुरक्षित स्थानमा सारियो

फाइल तस्बिर

वीरगन्ज । असोज १७ गते रातिदेखि परेको अविरल वर्षा र सिरिसिया खोलामा आएको बाढीका कारण पर्सा जिल्लाका दुईवटा प्रहरी कार्यालयहरू डुबानमा परेका छन् ।

विपद्का कारण कार्यालयका महत्वपूर्ण कागजात, हातहतियार र लत्ताकपडाहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ ।

वीरगन्ज–११ स्थित अस्थायी प्रहरी पोष्ट रानीघाटमा बाढी पसेको छ । सिरिसिया खोलाको बहाव अत्यधिक बढेपछि कमाण्ड भवनभित्र ३.५ मिटर पानी पसेर डुबान भएको छ । कार्यालयका लत्ताकपडा, आधिकारिक कागजात र फर्निचरहरू माथि राखेर सुरक्षित गरिएको छ भने हातहतियार तथा अन्य संवेदनशील सामानहरू सुरक्षित गर्नका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा पठाउने कार्य भइरहेको छ ।

यसैगरी, वीरगन्ज–१६ मा रहेको प्रहरी चौकी बसपर्सा पनि डुबानमा परेको छ । असोज १८ गते राति करिब ८ः३० बजेको समयमा वर्षाको पानी निकास नपाउँदा चौकीभित्र २ मिटर पानी जमेको थियो ।

चौकीमा कार्यरत प्रहरी कर्मचारी, हातहतियार, सञ्चार साधन र लत्ताकपडाहरू लगायतका सबै संवेदनशील सामानहरू चौकीको दोस्रो तल्लामा सारिएको छ । यहाँबाट पनि हातहतियार र अन्य अत्यावश्यक सामानहरू वडा प्रहरी कार्यालय श्रीपुरमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै