ट्रेन्डिङ

रौतहटको लालबकैया खोलाको ड्याममा ‘टाउको नभएकी’ महिलाको शव बरामद

वीरगन्ज । रौतहटमा टाउको नभएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको फतुवाबिजयपुर नगरपालिकामा आइतबार बिहान एक महिलाको शव फेला परेको हो । नगरपालिकाको वडा नम्बर ९ लक्ष्मिनियाँ टोलस्थित लालबकैया खोलाको ड्याममा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्ष उमेर समूहकी महिलाको ‘टाउको नभएको’ तथा सडेको अवस्थामा शव बरामद गरिएको मधेस प्रदेशका डिआइजी उमा चतुर्वेदीले बताए । उनका अनुसार शव कसको हो भन्नेबारे खुलेको छैन ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट सुरेन्द्र यादवको कमाण्डमा खटिएको ‘सोको’ सहितको टोलीले शवको जाँच मुचुल्का गरेको छ । बरामद शवलाई आवश्यक प्रकिया पूरा गरी खाल्टो खनेर गाडीएको प्रहरीले जनायो ।

यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै