बीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा घटस्थापना गरिएको छ । शुभ साइत अर्थात् विहान ९ बजेर १६ मिनेटमा प्रहरी परिसरस्थित मन्दिरमा विधिवत् रुपले पूजाअर्चना गरी घटस्थापना गरिएको हो ।
पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गापक्षको पहिलो दिन पूजाअर्चनाका साथ घटस्थापना गरेका हुन् ।
शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उनले घटस्थापना गरेर जमरा राखेका हुन् ।

आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ ।
विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ ।