ट्रेन्डिङ

दुधौरा पुलमा टिकटक बनाउँदा एक युवा बेपत्ता, अर्कोको उद्धार, खोजीकार्य जारी

वीरगन्ज । कलैया–वीरगन्ज सडक खण्डअन्तर्गत दुधौरा पुलमा टिकटक भिडियो बनाउने धुनमा खोलामा खसेर एक युवा बेपत्ता भएका छन् । आज बिहान करिब ८ बजेको यो दुर्घटनापछि बेपत्ता युवाको खोजी कार्य तीव्र पारिएको छ ।

घटना जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ । प्रवक्ता एवं डीएसपी बिजयराज पण्डितका अनुसार, प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विक्की गोसाई र अन्दाजी २० वर्षीय अनुराग केशरी पुलमा टिकटक बनाइरहेका बेला खोलामा खसेका थिए ।

दुर्भाग्यपूर्ण दुर्घटनापछि, अनुराग केशरी भने खोलाबाट बाहिर निस्कन सफल भए र उनलाई सकुशल उद्धार गरिएको छ । तर, अर्का युवक विक्की गोसाई भने बेपत्ता छन् ।

बेपत्ता गोसाईको खोजीका लागि तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाहरूको ठूलो समूहले दुधौरा खोलामा खोजी कार्य गरिरहेका छन् । घटनाको खबर सुनेर सयौंको संख्यामा स्थानीय बासिन्दा पुलमा जम्मा भएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै